Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये आज एक जनाको शव भेटियो

सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये आज एक जनाको शव भेटियो


  • 939
    Shares

    • images
    सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये आज एक जनाको शव भेटियो

    काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये एक जना १७ दिनपछि आज सोमबार मृत भेटिएका छन् । फागुन २३ गते निकुञ्जमा सिकार खेल्न गएकामध्ये टोमबहादुर खत्री मृत भेटिएका हुन् भने ५ जना अझ बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुधीरराज शाहीलेका अनुसार खत्रीको शव ठाकुरबाबा नगरपालिका–२ झाँक्री खोलामा फेला परेको हो । शवको सनाखत आसे महतराले गरेका थिए । महतारा मृतक भेटिएका खत्रीका भिनाजु हुन् ।

    अझै सम्पर्कविहीन भएकाहरूमा २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली र ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

    इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाका अनुसार, घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ । हराइरहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सुर्खेत बराहताल गाउँपालिका–२ निवासी ३३ वर्षीय टोपबहादुर खत्रीसहितको टोली गत २३ फागुनमा सिकार खेल्ने उद्देश्यले घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रारम्भिक टोली खटाइएको थियो ।

    घटनास्थल बर्दिया क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गर्दै थप टोली उक्त घटना अनुसन्धानको लागि सुर्खेतबाट समेत परिचालन गरिएको थियो ।

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - २१:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij