२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दमकलसँग ठोक्किँदा ककपिटमा रहेका दुई पाइलटको मृत्यु भएको छ।
न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटी की कार्यकारी निर्देशक क्याथरिन गार्सियाले दुर्घटनामा दुवै पाइलटको ज्यान गएको पुष्टि गरेको समाचार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको हो।
क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको एयर क्यानडा एक्सप्रेसको जहाजले धावनमार्गमा गुडिरहेको पोर्ट अथोरिटीको ुएयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङु सवारी साधनलाई ठक्कर दिएको थियो। उक्त दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै थियो।
दुर्घटना यति भयावह थियो कि जहाजको अगाडिको भाग चुँडिएर उछिट्टिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij