Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु


  • 253
    Shares

    • images
    डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

    डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

    दुर्घटना राति करिब साढे  १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

    मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ०७:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij