Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

तुलसी सहकारीको डेढ अर्ब रकम अपचलनको मुद्दामा अध्यक्षसहित तीनजना दोषी ठहर

तुलसी सहकारीको डेढ अर्ब रकम अपचलनको मुद्दामा अध्यक्षसहित तीनजना दोषी ठहर


  • 2.3K
    Shares

    • images
    तुलसी सहकारीको डेढ अर्ब रकम अपचलनको  मुद्दामा अध्यक्षसहित तीनजना दोषी ठहर

    काठमाडौं । रकम अपचलन गरेको आरोपमा तुलसी  बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित तीन जना दोषी ठहर भएका छन् । झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका हन् ।

    विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा  सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको छ ।

    सहकारीका सचिव, क्षेत्रीय प्रबन्धक लगायतलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र तुलसी सहकारी संस्थालाई बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ भराई बिगो बमोजिम जरिमाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता भएको छ ।

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ११:३०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij