Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हेल्मेटको भन्सार बढेर अब २० प्रतिशत

हेल्मेटको भन्सार बढेर अब २० प्रतिशत


  • 2.0K
    Shares

    हेल्मेटको भन्सार बढेर अब २० प्रतिशत
    images

    काठमाडौं ।  चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँका हेल्मेट आयात भएको छ । उक्त अवधिमा ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरीएको छ ।

    मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिले प्रयोग गर्ने हेल्मेटमा लाग्दै आएको भन्सार बढेको छ भने हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख रहेको छ ।

    पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।

     

     

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १५:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij