२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा र १५ वटा घाटामा रहेको बताएका छन ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ भने गत वर्षको तुलनामा १२.८८ प्रतिशतले कम रहेको हो।
नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् र २० वटा पूर्ण सरकारी स्वामित्वको २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् भने आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्व १० अर्ब १७ करोड पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन गत आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम रहेको हो।
सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij