२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनासम्म पौने २ अर्ब रुपैयाँ बढीको डायपर आयात भएको छ ।
सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा १ अर्ब ८१ करोड ५२ लाख ७७ हजार रुपैयाँ बराबरको १२ करोड ४६ लाख २५ हजार ९ सय ४४ थान डायपर बालबालिका एवं अशक्त वृद्धवृद्धाको लागि आयात भएको छ ।
उक्त परिमाणको डायपर आयात हुँदा ५४ करोड ७१ लाख ५१ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
यस्तै गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १ अर्ब ८९ करोड २४ लाख ८१ हजार रुपैयाँको ११ करोड ५३ लाख ५४ हजार ६ सय ६२ थान डायपर आयात भएको थियो भने उक्त परिमाणको डायपर आयात हुँदा ५३ करोड २१ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
अस्ट्रेलिया, चीन, भारत, डेनमार्क, थाइल्यान्ड, टर्की लगायत देशबाट डायपर आयात भएको देखिन्छ । सबैभन्दा धेरै भारत, चीन, टर्की र थाइल्यान्डबाट आयात भएको छ ।
भारतबाट ९८ करोड २६ लाख ५६ हजार रुपैयाँको ६ करोड ५९ लाख ६२ हजार ३ सय ७ थान डायपर आयात भएको छ । उक्त परिमाणमा डायपर आयात हुँदा सरकारले २९ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
चीनबाट ८२ करोड १२ लाख ७८ हजार रुपैयाँको ५ करोड ७९ लाख ५७ हजार ८ सय ८६ थान डायपर आयात भएको तथ्यांकले देखाउँछ । उक्त पमिाणमा डायपर आयात हुँदा २४ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
थाइल्यान्डबाट ३० लाख ९० हजार रुपैयाँको ३ लाख १७ हजार ५ सय ८४ थान र टर्कीबाट २१ लाख ९१ हजार रुपैयाँको १ लाख ३५ हजार ४ सय ३६ थान डायपर आयात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij