Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको १३ अर्ब बजेट बढाएर ९६ अर्ब पुर्‍यायो

अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको १३ अर्ब बजेट बढाएर ९६ अर्ब पुर्‍यायो


  • 1.6K
    Shares

    अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको १३ अर्ब  बजेट बढाएर ९६ अर्ब  पुर्‍यायो
    images

    काठमाडौं । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ ।

    सरकारले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो भने उक्त मन्त्रालयलाई ९६ अर्बको सिलिङ पठाइएको छ । 

    अर्थ मन्त्रालयले सुरुमा मन्त्रालयलाई ८३ अर्बको बजेट सिलिङ पठाएको थियो । जुन गत वर्षभन्दा ३ अर्ब रुपैयाँ कम रहेको छ । गत वर्ष ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, स्वास्थ्य बीमाका लागि बजेट अपुग रहेको तथा मन्त्रालय अन्तर्गतको खर्च समेत बढेको भएपछि अर्थले यस १३ अर्ब रुपैयाँले बजेट बढाएर ९६ अर्ब पुर्याएको छ । 

    बजेटमा १० संघीय राजधानी केन्द्रित विशिष्ट उपचार, प्रदेश तह अस्पतालमा विस्तार, सातै प्रदेशको क्यान्सर उपचार विस्तारित सेवा, जलन उपचार सातै प्रदेशमा व्यवस्थित गर्न, मानव अंग प्रत्यारोपण प्रादेशिक अस्पतालमा विस्तार गर्ने कार्यक्रम रहेको छ । 

    स्वास्थ्य बीमा सुधार तथा बक्यौता शून्यमा झार्ने लक्ष्य, नागरिकलाई निरोगी बनाउने राष्ट्रव्यापी अभियान, नसर्ने रोगको समयमै पहिचानका लागि राष्ट्रव्यापी कार्यक्रम, घर टोलमा स्वास्थ्य प्रवद्र्धन लगायका कार्यक्रमहर पनि यसमा समावेश गरिएको छ ।

     

     

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १०:३९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij