Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

महानगरले घरेलु फोहरसँगै सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोडको आय ठेक्का

महानगरले घरेलु फोहरसँगै सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोडको आय ठेक्का


  • 1.6K
    Shares

    महानगरले घरेलु फोहरसँगै सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोडको आय ठेक्का
    images

    काठमाडौं ।  महानगरले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । 

    महानगरलाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको छ भने ती स्थानमध्ये क्षेत्र नम्बर ७ को मेटरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिएका छन् ।

    क्षेत्र नम्बर ७ बाट वैशाख २०८२ मा १ लाख १ हजार ३ सय ५५ किलो सुक्खा फोहोर संकलन भएको थियो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा रहेका छन् ।

    सुक्खा फोहर मेटरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ भने वैशाखको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८ सय २७ किलो र सबैभन्दा कम भएका दिन २ हजार ५ सय ३४ किलो फोहोर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ टन सुक्खा फोहोर संकलन हुने अनुमान  रहेको छ ।

    २०८१ चैत ११ देखि फोहोर संकलन  गर्न थालिएको थियो । त्यस दिन १ हजार ३ सय ७७ किलो फोहोर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलो संकलन भएको थियो ।

    उक्त महिनामा ६० हजार ६ सय ६० किलो फोहोर जम्मा भएको थियो । यो क्षेत्रका लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।

    घरेलु फोहोर व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकेक वटा फोहोरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो ।

    यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रूपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । 

    क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ रुपैयाँमा ठेक्का कबोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।

    त्यस्तै क्षेत्र नम्बर ३ मा क्रिएटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८ सय ९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ टन फोहोरजम्मा हुने अनुमान रहेको छ ।

    क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४ सय ४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ टन फोहोर जम्मा हुने अनुमान छ ।

    त्यसैगरी वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ तोकिएको छ । करिब ४९ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कबोल गरेको छ ।

    वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९ सय १७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ ।

     

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १३:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij