Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० महिनाको अवधिमा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात

१० महिनाको अवधिमा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात


  • 1.8K
    Shares

    १० महिनाको अवधिमा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात
    images

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । 

    आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्ममा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको ४९९ किलो यार्सागुम्बा निर्यात भएको हो । 

    उक्त  यार्सागुम्बामध्ये  सबैभन्दा धेरै हंकङमा ११ करोड २१ लाख १३ हजार रुपैयाँको ५९ किलो, चीनमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो, सिंगापुरतर्फ १ करोड ८८ लाख ४१ हजार रुपैयाँको २३ किलो, अमेरिकामा  १ करोड १ लाख ९०  हजार रुपैयाँको २२ किलो र भियतनाममा  ६ लाख ८०  हजार रुपैयाँको ४० किलो यार्सागुम्बा निर्यात भएको छ ।   

    साथै, ५९ लाख ३१ हजार रुपैयाँको २२ किलो बेलायत ३९ लाख २१ हजार रुपैयाँको १२ किलो मलेसिया, ४ लाख ५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्याण्ड निर्यात भएको छ । 

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १२:३०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij