Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ

अर्थमन्त्रीले गरे बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ, कस्तो हुँदैछ तयारी ?

अर्थमन्त्रीले गरे बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ, कस्तो हुँदैछ तयारी ?


  • 1.5K
    Shares

    अर्थमन्त्रीले गरे बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ, कस्तो  हुँदैछ  तयारी ?
    images

    कााठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई  ब्रिफिङ गरेका छन्। 

    संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। 

    अर्थमन्त्रीको सचिवालयका अनुसार बजेटको बारेमा ब्रिफिङ गर्न मन्त्री पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। 

    अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ। बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संसद्‍मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन्।

     

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १०:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij