२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यलय अवधिभर आवेदन दिन सकिने छ । कम्पनीले जेठ ९ गतेदेखि आइपीओ जारी गरेको थियो । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ जारी गर्न लागेको छ। कम्पनीले सर्वसाधारणको लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ भने १०० रुपैयाँ अंकित दरको कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्ने भएको छ।
यस आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत लगानीकर्ताले आवेदन दिन सक्ने छन्।
सान्भी इनर्जीको आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुने भएको छ।
।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij