Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी

गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी


  • 8.9K
    Shares

    गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानेका छन् । भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नर कार्यालयमा तानिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

    भट्टले गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभएपछि छनोट प्रक्रिया नै गिजोलिएको थियो । पछि गभर्नर छनोट समितिमा रहेका पौडेल राजीनामा दिएर गभर्नर बनेका थिए ।

    यसअघि, गभर्नर कार्यालयको कार्यकारी निर्देशकमा डा. प्रकाशकुमार श्रेष्ठ थिए । उनको कार्यकाल शनिबार (जेठ १०) गते सकिएको छ ।

    भट्टलाई गभर्नर कार्यालय तानेपछि आर्थिक अनुसन्धान विभाग प्रमुखमा डा. रामशरण खरेललाई पठाइएको छ । खरेल हाल मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

    त्यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

    गभर्नर पौडेलले सचिवालयमा शरण अधिकारीलाई ल्याएका छन् । उनलाई बोर्ड सचिवको जिम्मेवारी दिइएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १५:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij