Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० महिनामा १८ लाख स्मार्टफोन भित्रियो

१० महिनामा १८ लाख स्मार्टफोन भित्रियो


  • 1.7K
    Shares

    १० महिनामा १८ लाख स्मार्टफोन भित्रियो
    images

    काठमाडौं ।  आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिमा  झण्डै १८ लाख वटा स्मार्टफोन आयात भएको छ। वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा स्मार्टफोन आयात १६.८ प्रतिशतले बढेको छ। 

    साउनदेखि जेठसम्ममा १७ लाख ८५ हजार ६५४ वटा स्मार्टफोन आयात भएको छ भने जसको मूल्य २८ अर्ब ७६ करोड रुपैयाँ बराबर छ। सरकारले स्मार्टफोन आयातबाट ५ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २४ अर्ब एक करोड रुपैयाँ बराबरको १५ लाख २० हजारवटा स्मार्टफोन आयात गरेको थियो भने चालू वर्षको आयात संख्या र मूल्य दुवै अघिल्लो वर्षको तुलनामा कमी भएको छ । 

    नेपालले चीनबाट १४ लाख २० हजार वटा स्मार्टफोन आयात गरेको छ भने यी मोबाइलको मूल्य १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको रहेको छ।

    दोस्रो प्रमुख स्रोतको रूपमा भारत  रहेको छ जसबाट ३ लाख ५७ हजार ८०७ युनिट स्मार्टफोन ८ अर्ब ३१ करोड रुपैयाँ, चिनियाँ ब्रान्डहरू साओमी, रेड्मी, ओप्पो, रियलमी र वनप्लस, साथै एप्पल र दक्षिण कोरियाली ब्रान्ड सामसुङ नेपालमा अत्यन्त लोकप्रिय रहेका छन्। 

     

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १५:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij