२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले ८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
यातायात कार्यालय कलैयको अनुसार चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि ६ जेठसम्म मा ८ करोड २१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको छ भने ३ करोड ८३ लाख ८७ हजार रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख अबिन्दर दासले जानकारी दिएका छन् ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अनुमति पत्र पास शीर्षकबाट १ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता शीर्षकमा ८३ लाख ७६ हजार र पटके शीर्षकबाट ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी, दर्ता थप बाट ३३ लाख ६२ हजार, नवीकरण शीर्षकबाट २७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । सवारी नवीकरण, विविध शुल्क लगायत अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय आम्दानी भएको छ ।
डिजिटल प्रणालीको प्रभावकारिताले सेवाग्राहीहरू सन्तुष्ट रहेको र कर तिर्ने तथा सवारीसम्बन्धी काम गर्न झन् सहज भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij