Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

१० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात

१० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात


  • 1.4K
    Shares

    १० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।

    २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३  करोड ८० लाख १२ हजार रुपैयाँको ६९८९०५.९८ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १०  महिनाको सो परिमाणममा धान चामल आयात हुँदा ३ अर्ब२२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको १८५०.७९ मेट्रिक टन धानको बीउ आयात भएको छ ।

    त्यसैगरी १८ अर्ब  ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४९५१३८.६१  मेट्रिक टन धान आयात भएको छ । 

    साथै,  ६ अर्ब  ५४ करोड १५ लाख ६७ हजार रुपैयाँको ५९६३४.१९ मेट्रिक टन बासमती चामल, ८ अर्ब ९९ करोड ३९ लाख २९ हजार रुपैयाँको १३६७४४.६८ मेट्रिक टन अन्य चामल, २२ करोड ८२ लाख ८४ हजार रुपैयाँको ५५३३.३४ मेट्रिक टन कनिका र ७ लाख  ३६ हजार रुपैयाँको ४.३५मेट्रिक टन ब्राउन चामल आयात भएको विभागले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij