Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोर्दी खोला जलविद्युतको १९ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा

दोर्दी खोला जलविद्युतको १९ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा


  • 1.8K
    Shares

    दोर्दी खोला जलविद्युतको १९ लाख ४६ हजार  कित्ता  सेयर बिक्रीमा
    images

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको अवितरित हकप्रद शेयर बिक्रीमा राखिएको छ। कम्पनीले करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद शेयर आज जेठ ११ गतेबाट बिक्रीमा राखिएको हो।

    कुल शेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेका छन्। यी दुवै समूहको लकइन आउँदो असार ७ गते सकिँदै छ। त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि बिक्रीमा राखिएको छ।

    कम्पनीको चुक्तापुँजी १ः१ अनुपातमा १०० रुपैयाँ दरको कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्रीमा राखिएको थियो भने त्यतिबेला बिक्री हुन बाँकी १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

    बिक्रीमा राखिएको शेयरमा जोकोही व्यक्ति तथा संस्थाले शेयर खरिदको लागि बोलपत्र पेस गर्न सक्ने छन् भने लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न बोलपत्र पेस गर्न सक्ने छन्।

    लगानीकर्ताले काठमाडौंको नक्सालमा रहेको सानिमा क्यापिटलका साथै सानिमा बैंकका शाखाहरुमा बोलपत्र पेस गर्न सक्ने छन् भने बोलपत्र जेठ १९ गते बैंकिङ समयसम्म पेस गर्न सक्ने छन्।

     

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij