Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मधेस प्रदेशमा निर्जीवन बीमातर्फ ९ महिनामा २ अर्ब १५ करोड बिमा शुल्क सङ्कलन

मधेस प्रदेशमा निर्जीवन बीमातर्फ ९ महिनामा २ अर्ब १५ करोड बिमा शुल्क सङ्कलन


  • 1.2K
    Shares

    मधेस प्रदेशमा निर्जीवन बीमातर्फ ९ महिनामा २ अर्ब १५ करोड बिमा शुल्क सङ्कलन
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमातर्फको प्रदिवेदन सार्वजनिक गरेको छ ।  उक्त ९ महिनामा निर्जीवन बीमातर्फ २ अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ ।

    निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले १ अर्ब ६० करोड २६ लाख  रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये ५ हजार ५८५ जनालाई १ अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जानकारी दिएको छ।

    नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरेका छन् ।

    कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ भने सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।


    जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९।२४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट २ अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।

    कार्यालयले गत आर्थिक वर्षको वर्षभरिमा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट २ अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको  थियो ।

     

     
     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १०:४८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij