Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सर्वसाधारणका लागि सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

सर्वसाधारणका लागि सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला


  • 2.1K
    Shares

    सर्वसाधारणका लागि सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला
    images

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

    आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।

    दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।

    बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

    आवेदकले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गरी आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - ०६:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij