२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ ।
विभागको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको छ । २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारतमा निर्यात भएको छ ।
सोमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ भने १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij