२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागको आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।
गत आर्थिक वर्षको तुलनामा १८.३७ प्रतिशतले बढेको व्यापार गत वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।
चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ भने ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । जस अनुसार देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ ।
वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ भने अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
विभागको अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने गत वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij