Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन


  • 1.5K
    Shares

    आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
    images

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

    आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौ महिनाको अवधिमा ६ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा  ६ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८.४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयको प्रमुख कर अधिकृत टिकाराज चौलागाईंले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताएका छन् ।

    “कार्यालयले चालु आवको नौ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,” उनले भने,“आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व सङ्कलन भएको छ ।”

    विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म २ अर्ब १३ करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म २ अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९.१७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

    त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८.९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार सङ्कलन गरेको छ ।

    साथै, व्याज करतर्फ भने ४५ करोड ५७ लाख सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३.५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा भने ८ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । 

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १२:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij