Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल राष्ट्र बैंकको गभर्नरले कति पाउँछन् तलव र भत्ता ?

नेपाल राष्ट्र बैंकको गभर्नरले कति पाउँछन् तलव र भत्ता ?


  • 1.9K
    Shares

    नेपाल राष्ट्र बैंकको गभर्नरले कति पाउँछन् तलव र भत्ता ?
    images

    काठमाडौं । लामो समयपछि सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको छ। मन्त्रिपरिषदको बैठकले डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेको हो।

    राष्ट्र बैंकको गभर्नर पद आकर्षक पद हो। आम जनताको हात हातमा पुग्ने नोटमा गभर्नरले हस्ताक्षर गर्छन् । साथै अर्थतन्त्र चलायमान बनाउन पनि गभर्नरको भूमिका विशेष हुन्छ। यस अलावा राष्ट्र बैंकको गभर्नरले आकर्षक सेवा सुविधा पनि पाउछन् ।

    नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले तोके बमोजिम हुने उल्लेख छ। गभर्नर आफै सञ्चालक समितिको अध्यक्ष हुन्छन् ।

    आर्थिक वर्ष २०८०/८१ मा गभर्नर रहेका महाप्रसाद अधिकारीले तलव वापत १६ लाख ३२ हजार रुपैयाँ बुझेका थिए । यो भनेको मासिक १ लाख ३६ हजार हो । त्यस्तै गभर्नर सञ्चालक समितिको बैठक बस्दा प्रति बैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउछन् । सो वर्ष महाप्रसाद अधिकारीले बैठक भत्ता वापत ३ लाख ३३ हजार बुझेका थिए।

    तलव र भत्ता बाहेक गभर्नरले इन्धन, सवारी साधन मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सुविधा, मेडिकल सुविधा वापत पनि रकम पाउछन् । आर्थिक वर्ष २०८०/८१ मा महाप्रसाद अधिकारीले यस शिर्षकमा कुल ४४ लाख ९७ हजार रुपैयाँ बुझेका थिए। यसरी सो वर्ष अधिकारीले कुल ६४ लाख ६२ हजार रुपैयाँ बुझेका थिए।

    तलव, सेवा र सुविधाहरु परिमार्जन नभएमा विश्व पौडेलले पनि सोहि हाराहारीमा रकम पाउने छन् ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ०७:३३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij