Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


  • 1.7K
    Shares

    हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख  कित्ता संस्थापक शेयर बिक्रीमा
    images

    काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    कम्पनीको संस्थापक समूहको ३ लाख २७ हजार १०८.१८ कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरकम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्ने छन्।

    शेयर खरिदका लागि ३५ दिनभित्रको आवेदन पेस गर्नु पर्ने हुन्छ । उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा रहेको कानुन शाखामा आवेदन दिनु पर्ने छ।

    तोकिएको समयसिमाभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १५:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij