Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्दै ट्रेड टावर

जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्दै ट्रेड टावर


  • 1.7K
    Shares

    जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्दै  ट्रेड टावर
    images

    काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक हजार कित्तासम्म आवेदन दिन सकिने छ भने निष्कासन बन्द छिटोमा जेठ १९ गते हुने कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने नेपाल धितो पत्र बोडबाट अनुमति पाएको छ । 

    कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेको सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । 

     

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ११:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij