Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपाल टेलिकमको नाफा ४८.६७ ले घट्यो, कस्ता छन् अन्य सुचक

नेपाल टेलिकमको नाफा ४८.६७ ले घट्यो, कस्ता छन् अन्य सुचक


  • 1.5K
    Shares

    नेपाल टेलिकमको नाफा ४८.६७ ले घट्यो, कस्ता छन् अन्य सुचक

    काठमाडौं ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

    गत आर्थिक वर्षको तुलनामा ४८.६७ प्रतिशत कम रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

    चैत मसान्तसम्म कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी पनि ८.८९ प्रतिशत घटेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी पनि गिरावट आएको छ । गत आर्थिक वर्ष यही अवधिमा ४१ रुपैयाँ ०२ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले घटेर २१.०५ रुपैयाँ कायम भएको छ । 

    हाल कम्पनीको  चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ११:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij