Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन

जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन


  • 1.2K
    Shares

    जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन
    images

    काठमाडौं ।  जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । 

    कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो ।

    चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिएका छन् । उनका अनुसार गत आवको सोही अवधिको तुलनामा ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो ।

    चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिएका छन् ।

    कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये २  सय ९८ वटाको फैसला गरेको उनले बताए । पाँचसय ६५ लिलामीका मुद्दा परेकामध्ये २ सय ९८ वटाको छिनोफानो गरी १ करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जानकारी दिएको छ ।

    लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य ९ करोड १५ लाख ५६ हजार रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये ९ वटाको फैसला भएको छ ।

    सशस्त्र प्रहरीको चार सय १७ मध्ये २ सय १ मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

    जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १४:५७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij