Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत


  • 1.5K
    Shares

    बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८.९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।

    प्रदेश सरकारले साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५.०१ प्रतिशत र चालुतर्फ ४६.७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयको सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिएका छन्।

    सञ्ज्यालका अनुसार चालु आर्थिक वर्षको दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब आठ करोड ७३ लाख ९५ हजार गरी रु २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार बजेट खर्च गरेको छ भने प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको बजेटमध्ये चालु  आर्थिक वर्षको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको सञ्ज्यालको भनाइ रहेको छ ।

    सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८.९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९.५२ प्रतिशत खर्च गरेको छ । त्यसैगरी सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६.४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जानकारी दिएको छ । 

    प्रदेश सरकारेको धेरैजसो योजना बल्ल कार्यान्वयनमा जान थालेकाले  र अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने सूचना अधिकारी सञ्ज्यालले बताएका छन्।

    बागमती प्रदेश सरकारले बाँडफाँटबाट आर्थिक वर्षमा बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएकोमा दश महिनामा त्यसको ६२.७३ प्रतिशत अर्थात् १८ अर्ब ५४ करोड १७ लाख २१ हजार राजस्व सङ्कलन भएको मन्त्रालयले जानकारी गराएको छ ।

    त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार प्राप्त हुने अनुमानमा ३ अर्ब ७ करोड ३८ लाख ७७ हजारमात्र प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    आर्थिक तरलताको कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्री कारोबारमा आएको गिरावटको कारण प्रदेश सरकारको राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी सञ्ज्यालको भनाइ रहेको छ । 

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ११:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij