Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


  • 1.6K
    Shares

    आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

     जापानी येन १० को खरिदर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ  ५० पैसा र बिक्री दर २० रुपैयाँ  ५९ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपैयाँ १८ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

    प्रकाशित मिति :जेठ ३ २०८२ शनिवार - ०७:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij