२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार एम.सी.ए नेपालले हालसम्म घरभाडामा मात्रै १७ करोड भन्दा बढी तिरेको देखिएको छ।
सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा एम.सी.ए नेपालले घरभाडाको लागि २२ डिसेम्बर, २०१७ मा सम्झौता गरेकोमा हालसम्म घरभाडा १७ करोड २४ लाख ३१ हजार खर्च लेखेको उल्लेख रहेको छ। उक्त सम्झौतालाई २० अप्रिल २०१८ मा संशोधन गरी १४ हजार ५८९ वर्गफिट पुऱ्याएको छ।
प्रत्येक वर्षमा ५ प्रतिशत वृद्धि हुने गरी प्रतिवर्ग फिट १३८ को दरले घरभाडा भुक्तानी गर्ने गरी सम्झौता गरेको छ, भने समितिले मासिक २५ लाख ७० हजार घरभाडाको दरले वार्षिक ३ करोड ८ लाख ३६ हजार भुक्तानी हुने गरी सोझै खरिद गरेको छ,’प्रतिवेदनमा उल्लेख गरीएको छ। महालेखाले प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न एम.सी.एलाइ सुझाव दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij