Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन

महानगरको बेरूजुमा काठमाडौंको सबैभन्दा धेरैछ भने अन्य कसको कति बेरूजु ?

महानगरको बेरूजुमा काठमाडौंको सबैभन्दा धेरैछ भने अन्य कसको कति बेरूजु ?


  • 1.7K
    Shares

    महानगरको बेरूजुमा काठमाडौंको सबैभन्दा धेरैछ भने अन्य कसको कति बेरूजु ?
    images

    काठमाडौं । देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धरै बेरुजु काठमाडौं महानगरपालिकाको देखिएको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले ६ महानगर पालिका मध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरको रहेको देखाएको हो ।

    महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौं महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको छ ।

    स्वतन्त्रबाट निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन)ले नेतृत्व गरेको महानगरको २.४७ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौंको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौं महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको छ ।

    त्यस्तै पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसको प्रतिशतको हिसाबमा ३.७४ प्रतिशत रहेको छ । पोखरामा धनराज आचार्य मेयर रहेको छन् । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ७० करोड ६५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ । 

    पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ६७ करोड ७८ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ । 

    यस्तै, चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको छ । 

    २०७९/०८० मा महालेखाले ६६ लाख रूपैयाँ मात्र बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा भरतपुर महानगरको बेरुजु भने वृद्धि भएको देखिएको छ । 

    महानगरमध्ये ललितपुर महानगरको कम बेरुजु देखिएको छ । ललितपुरको बेरुजु ०.५२ प्रतिशत अर्थात् १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । २०७९/०८० मा महालेखाले ६१ करोड ९० लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा ललितपुर महानगरको बेरुजु कम भएको देखिएको छ । 

    सबैभन्दा कम बेरुजु भएको मोरङको विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ०.३२ प्रतिशत अर्थात २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ ।  

    २०७९/०८० मा महालेखाले २२ करोड ९५ लाख रूपैयाँ  बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा विराटनगर महानगरको बेरुजु कम भएको देखिएको छ । 

    इटहरी उप–महानगरपालिकाको सबै भन्दा धेरै बेरुजु 

    त्यस्तै,धरान उप–महानगरपालिकाको पनि आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ९ लाख रुपैयाँ बेरुजु रहेको देखाएको छ । त्यस्तै,इटहरी उप उप–महानगरपालिकाको १६ करोड २१ लाख रुपैयाँ बेरुजु देखाएको छ । जनकपुरधाम उप–महानगरपालिकाको पनि आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ९२ लाख रुपैयाँको बेरुजु महालेखाले देखाएको छ । 

    बाराका जीतपुर सिमरा उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को २ करोड २५ लाख रुपैयाँ र कलैया उप–महानगरपालिकाको १३ करोड रुपैयाँ बेरुजु देखाएको छ । 

    बुटवल उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ७ करोड ६७ लाख रुपैयाँ बेरुजु देखाएको छ । दाङ जिल्लाका घोराही उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१को ६ करोड ७८ लाख बेरुजु देखाएको छ भने तुलसीपुर उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ८ करोड ९४ लाख रुपैयाँ बेरुजु देखाएको छ । 

    बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ८ करोड ७२ लाख रुपैयाँ बेरुजु देखिएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को ४ करोड ७२ लाख रुपैयाँ बेरुजु महालेखाले देखाएको छ । 

    मकवानपुरको हेटौँडा उप–महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को १३ करोड २ लाख रुपैयाँ बेरुजु महालेखाले देखाएको छ ।

     

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १६:०८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij