Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन

१० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन


  • 2.6K
    Shares

    १० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन
    images

    काठमाडौं । ६२ औँ प्रतिवेदन अनुसार महालेखा नियन्त्रकको कार्यालयले १० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन दिएको छ ।  

    कार्यालयको ६२ औँ प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले गैरबासिन्दा विमान कम्पनीबाट सो बराबरको रकम असुल्न निर्देशन दिएको छ । 

    आयकर ऐन २०५८ को दफा ७० ले नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतको दरले कर लाग्ने व्यवस्था गरेको भन्दै महालेखाले आर्थिक वर्ष २०८०/८१ मा १३ वटा गैरबासिन्दा हवाई कम्पनीले नेपालबाट उडान गर्दा कर दाखिला गरेको नपाइएकोले नियमानुसार २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ र सोमा लाग्ने शुल्क र ब्याज असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ । 

    असुल गर्नुपर्ने विमान कम्पनीहरूमा एयर अरेबियाबाट १७ करोड ९७ लाख ८८ हजार, सिंगापुर एयरलाइन्सबाट १६ करोड ७६ लाख १५ हजार, फ्लाई दुबई र एयर अरेबिया अबुदाबीबाट बाट ८८ करोड १ लाख ८० हजार, एयर जजिराबाट २१ करोड ९ लाख २५ हजार, द्रुक एयरलाइन्स र भुटान एयरलाइन्सबाट ४ करोड ९६ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदन उल्लेख गरिएको छ । 

    त्यसैगरी टर्किस एयरबाट १५ करोड ६५ लाख ९४ हजार रुपैयाँ, ओमन एयरबाट १ करोड ७३ लाख ५९ हजार, मलेसियन एयरलाइन्स र बाटिक एयरबाट १९ करोड २१ लाख ८८ हजार, श्रीलंकन एयरबाट ९ करोड १८ लाख ४४ हजार र एयर हङकङबाट ३६ कारेड ९४ लाख ११ हजार र क्थाथी प्यासिफिक एयरबाट ३६ करोड ९४ लाख ११ हजार रुपैयाँ असुल गर्नुपर्ने रहेको छ ।

    चालु आर्थिक वर्षमा सरकारले नेपालबाट दोस्रो मुलुकदेखि गन्तव्य मुलुकमा जाँदा लाग्ने भाडामा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था अन्तर्राष्ट्रिय जगतमा नेपाली आकाशको प्रतिस्पर्धात्मक क्षमता घट्ने भन्दै सरोकारवालाले विरोध गर्दै आएको छ ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १६:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij