Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ मन्त्रालयको साढे ३३ अर्बको बेरुजु, अन्यको कति ?

अर्थ मन्त्रालयको साढे ३३ अर्बको बेरुजु, अन्यको कति ?


  • 1.5K
    Shares

    अर्थ मन्त्रालयको साढे ३३ अर्बको बेरुजु,  अन्यको कति ?
    images

    काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल ४७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बेरुजु रहेको छ ।

    सबैभन्दा धेरै बेरुजू अर्थ मन्त्रालयमा देखिएको छ । कुल बेरुजुको ७०.६१ प्रतिशत अर्थमा ३३ अर्ब ७१ करोड १७ लाख रुपैयाँ बेरुजू देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको २४ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ लेखापरीक्षण गरिएको थियो । 

    त्यसैगरी, अर्थ मन्त्रालय पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु बढी देखिएको प्रतिवेदन उल्लेख छ । भौतिक मन्त्रालयको कुल बेरुजूमा १३.४८ प्रतिशत देखिएको छ । 

    यस्तै, रक्षा मन्त्रालयको १ अर्ब ६७ करोड १४ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको १ अर्ब ५० करोड ६५ लाख र परराष्ट्र मन्त्रालयको १ अर्ब ५ करोड ३३ लाख रुपैयाँ बेरुजू देखिएको छ ।

    साथै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको ६५ करोड ८० लाख, उद्योग, वाणिज्य तथा आपूर्तिको ३८ करोड ४९ लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २३ करोड ६० लाख बेरुजू देखिएको प्रतिवेदन उल्लेख रहेको छ । 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १२:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij