Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी

सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी


  • 1.3K
    Shares

    सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी
    images

    काठमाडौं । सान्भी इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

    जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न भएको हो।  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने भएको छ। १०० रुपैयाँ अंकित दरको कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गर्ने छ भने न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । 

    उक्त आईपीओ जारी भएको ३५ दिनभित्र इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिने छ ।

     

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १०:३३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij