Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रेमिट्यान्सको पैसा जलविद्युत् आयोजना निर्माणमा

रेमिट्यान्सको पैसा जलविद्युत् आयोजना निर्माणमा


  • 1.3K
    Shares

    रेमिट्यान्सको पैसा जलविद्युत् आयोजना निर्माणमा
    images

    काठमाडौं ।  जनताको जलविद्युत् आयोजना अन्तर्गत स्वदेशी पुँजी परिचालन गरी आयोजना अघि बढाइने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गरिने बताएका छन् । वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्स समेत प्रयोग गरिने बताएका छन् । 

    विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण गर्न घरायसी, कृषि, यातायात तथा पर्यटकीय क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाइने पौडेलले जनाएका छन् । विद्युत् आपूर्तिको सहजताका लागि ठूला आयोजना निर्माण सरकारको प्राथमिकता रहेको बताए । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले उल्लेख गरेका छन् ।

    ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने बताएका छन् । राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने गरिने भएको छ । प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने बताएका छन् ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १४:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij