२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकरण भएको छ ।
सर्वसाधारण सेयरधनीहरुमा १८ लाख कित्ता (३०%) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता (७०%) सेयर समेत गरी जम्मा ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
पहिलो कारोबारको लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । आगामी आइतबारबाट मात्रै कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij