२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सरकारले घरजग्गा कारोबारमा २.७२ मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार घरजग्गा कारोबार कुल मूल्य अभिवृद्धिदर २.७२ प्रतिशत हुने अनुमान गरेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरेको छ भने घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ।
गत वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij