२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी गर्न लागेको कारबाही रोक्न माग गर्दै नेपाल पक्षीय नेताले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो।
रिटमाथि सुनुवाइका लागि आइतबारको पेशी तोकिएको छ।
नेपाल पक्षीय नेताले बुधबार नै रिट दायर गर्न खोजे पनि समयअभावका कारण दर्ता हुनसकेको थिएन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij