Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सर्वोच्चले गर्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला

सर्वोच्चले गर्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला


  • 6.5K
    Shares

    सर्वोच्चले गर्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला

    काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको हो ।

    स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन गर्दै आएको थियो ।

    स्टिङ अपरेशनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकुलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तबरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको रहेको पनि सर्वोच्चले जारी गरेको फैसलामा भनिएको छ ।

     

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १५:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij