Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने

कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने


  • 1.3K
    Shares

    कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते  हुने

    काठमाडौं । गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने भएको छ ।

    कोशी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयको संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै वैशाख १८ र १९ गते पक्का गर्ने जानकारी दिएका छन् । कोशी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न उत्साह प्रदान गर्नको लागि लगानी सम्मेलन हुन लागेको छ ।

    नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पुँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको  तिमल्सेनाले बताएका छन् । उक्त सम्मेलनमा लगानीकर्ताले झन्डै १ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले जानकारी दिएका छन्  ।  आठ वटा क्षेत्रको करिब ५४ वटा परियोजना सोकेसिड हुने भएको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ०९:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij