Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम

अछाम आगलागी पीडितलाई प्रदेश सरकारले५० लाख सहयोग गर्ने

अछाम आगलागी पीडितलाई प्रदेश सरकारले५० लाख सहयोग गर्ने


  • 1.1K
    Shares

    अछाम आगलागी पीडितलाई प्रदेश सरकारले५० लाख सहयोग  गर्ने

    काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट क्षति व्यहोरेका परिवार तथा व्यवसायीलाई मानवीय आधारमा प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग स्वरूप उपलब्ध गराइने जानकारी दिए।

    जयगढ बजारमा भएको आगलागीबाट प्रभावित परिवार र व्यवसायीको तत्काल राहतका लागि बान्नीगढी जयगढ गाउँपालिकामार्फत ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो, मुख्यमन्त्री शाहले भने  । उनका अनुसार, पीडितलाई सहायता रकम वितरण गर्न पालिकाले स्पष्ट मापदण्ड तयार पार्नेछ।

    साथै, प्रारम्भिक विवरण प्राप्त भएपछि थप सहयोगका लागि समेत सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ छ। आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक समन्वय गर्न मुख्यमन्त्रीले सङ्घीय सरकार, स्थानीय निकाय, विभिन्न संघसंस्था तथा दातृ निकायसँग अपिल समेत गरे।

    घटनाको स्थलगत अध्ययनका लागि सामाजिक विकास मन्त्री तथा आन्तरिक मामिला मन्त्रीलाई जयगढ पठाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ११:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij