२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । नेपाल शिक्षक महासंघले शैक्षिक पेसागत मागसहित संघीय शिक्षा ऐन निर्माण गरी तत्काल जारी गर्ने विषयमा फेरी पनि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
महासंघको फागुन २९ गते भएको विशेष परिषद् भेलाको निर्देशनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भेटेर महासंघले आफ्ना मागसहित ध्यानाकर्षण गराएको थियो । आज फेरी पनि केही शैक्षिक अभियान्ताले भेटेर दबाब दिएका छन्।
महासंघका पदाधिकारी र मन्त्रालयका सचिवबीच तत्काल संघीय शिक्षा ऐन निर्माण गर्ने, संवाद तथा समन्वय समितिको बैठक डाक्ने, ईसीडी शिक्षकका समस्या समाधान गर्ने, शिक्षाको बजेट बढाउने लगायत विषयमा छलफल भएको थियो।
महासंघले शिक्षकको पेन्सनमा लाग्ने खर्च २० अर्ब रुपैयाँ शिक्षाको बजेटभन्दा फरक राख्नुपर्ने, बजेटमा वृद्धि गर्दै शैक्षिक पूर्वाधारमा वृद्धि गर्नुपर्ने, गत वर्ष फागुन ९ गते भएको ३० बुँदे सहमति पालना गर्नुपर्ने, विद्यालयका कर्मचारीको तलब १३ हजार ४ सय ५० कायम गर्नुपर्ने लगायतका माग पनि अघि सारेको छ।
त्यसैगरी शैक्षिक संवाद समन्वय समितिको बैठक बस्न नसक्दा शिक्षाका मुद्दाहरु अलपत्र परेकाले तत्काल बैठक डाक्न संघले माग गरेको छ। समितिमा महासंघबाट ८ जना प्रतिनिधि र मन्त्रालयबाट ७ जना गरी १५ जना सदस्य रहने व्यवस्था छ। आजको भेटमा सचिव थपलियाले विद्यालयका कर्मचारीको तलब १३ हजार ४ सय ५० कायम गर्ने ईसीडी शिक्षकको तलब आगामी साउन बाट बढ्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij