२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक स्थगित भएको छ।
आज बस्ने भनिएको बैठक सरकारले प्रतिनिधिसभाको अधिवेशन आजै १ बजेदेखि अन्त्य गर्ने निर्णय गरेसँगै स्थगित भएको मुख्य सचेतक देव गुरुङले जानकारी दिए। उनले आवश्यक गृहकार्य गरेर बैठक भोलि बस्ने बताए।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि बैठक बोलाइएको थियो। पार्टीको आगामी योजना, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे बैठकमा छलफल गर्ने बुझिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij