Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अस्थायी शिक्षकलाई स्वत स्थायी गर्न यस्तो बन्दैछ शिक्षा ऐन,मस्यौदामा के-के नयाँ कुरा थपियो ?

अस्थायी शिक्षकलाई स्वत स्थायी गर्न यस्तो बन्दैछ शिक्षा ऐन,मस्यौदामा के-के नयाँ कुरा थपियो ?


  • 90.2K
    Shares

    अस्थायी  शिक्षकलाई स्वत स्थायी गर्न यस्तो बन्दैछ शिक्षा ऐन,मस्यौदामा के-के नयाँ कुरा थपियो ?

    शिक्षा ऐनको नयाँ मस्यौदामा विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कोटामा कार्यरत शिक्षक दरबन्दी स्वतः स्थायी रुपान्तरण हुने व्यवस्था मिलाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी थालेको छ । त्यसका लागि प्रस्ताब तयार भएको र सोही प्रस्ताब पास गरेर ऐन बनाउने तयारी भएको हो। 

    मन्त्रालयले अहिले बनाइरहेको  शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । अब यो मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायीमा रुपान्तरण हुने छन् । अत्यन्तै साँघुरो घेरामा रहेर निर्माण गरिएको ऐनको मस्यौदामा उनीहरुको दरबन्दीलाई स्वतः स्थायी गरेपछि सिर्जना हुने स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा पदपूर्ति हुने व्यवस्था राखिएको छ । आयोगले पूर्णता पाएको ६ महिना भित्रै यी सबै काम तमाम हुनेछन्। 

    उनीहरुका लागि आयोगले लिने परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने पनि मस्यौदामा उल्लेख गरिएको छ । उक्त कोटालाई स्थायी दरबन्दीमा रुपान्तरण र पदपूर्ति सम्बन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ ।

    हाल प्राथमिक तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत अनुदान कोटा ९ हजार ६ सय ९ , माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ र साविकको उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा ४ हजार छ । अहिले देशभर चालिस हजार शिक्षक आवश्यक रहेको तथ्याङ्क मन्त्रालय पुगेको छ।  त्यो संख्या अस्थायी शिक्षक भित्रै बाट पूर्ती गर्ने सहमति समेत भएको छ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १२:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij