Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति


  • 1.0K
    Shares

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ ।

    त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने छ । समिति बनाएर काम सुरु गरेका छौँ,’ उनले भने, ‘तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही हुन्छ ।’

    नफर्किएका शिक्षकको खोजबिन सुरु गरिएको समितिका संयोजक काफ्लेले बताए । ‘कति शिक्षक फर्किएका छैनन् । कहाँ छन् खोजबिन सुरु गरेका छौं,’ समिति संयोजक काफ्लेले भने ।

    विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

    यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

    २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् ।  यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन ।

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - १३:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij