Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो


  • 1.4K
    Shares

    भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । जसले गर्दा बिहान सात बजेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा प्रभावित बनेको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय १५ मिनेट थप गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।

    परीक्षा सुरु हुनै लाग्दा भूकम्प गएपछि परीक्षा के गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले देशभरका परीक्षा केन्द्रहरूलाई समयमै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    प्रभावित भएका परीक्षाहरूको हकमा परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूको परीक्षा समय सोही अनुसार थप गरी निर्धारित समयभित्र सञ्चालन गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको थियो । 

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - ११:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij