Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शपथ

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ


  • 1.6K
    Shares

    प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाको शपथ भएको हो । 

    प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे ।  सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित रहेका थिए । 

    प्रकाशित मिति :पौष १२ २०८१ शुक्रवार - १३:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij