Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

जर्जियामा  ११ जना भारतीयको शव भेटियो

जर्जियामा  ११ जना भारतीयको शव भेटियो


  • 1.7K
    Shares

    जर्जियामा  ११ जना भारतीयको शव भेटियो
    images

    जर्जियामा ११ जना भारतीय नागरिकको ज्यान गएको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण ११ भारतीयको ज्यान गएको हो ।

    ज्यान गुमाउने एक जना भने जर्जियाकै नागरिक रहेको बीबीसीले जनाएको छ ।

    जर्जियाका प्रहरी अधिकारीका अनुसार गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरूको शव भेटिएको थियो । गुडौरी पूर्वसोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।

    होटलमा विधुतअवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवमा हिंसा तथा युद्धको कुनै सङ्केत नभेटिएको र यो दुर्घटना भएको हुनसक्ने बताएको छ ।

    प्रकाशित मिति :पौष २ २०८१ मंगलवार - ०८:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij