२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।
आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताएका छन् ।
कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij