Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन जाँदै

एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन जाँदै


  • 386
    Shares

    एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन जाँदै
    images

    पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।

    भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न भण्डारी चीन जान लागेकी हुन्।

    चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको यो फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक र मिडियाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

    सीपीआईएफएले गत शुक्रबार दिएको जानकारी अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित गरिसकेका छन्।

    सीपीआईएफएले आयोजना गर्ने फोरममा बदलिँदो विश्व व्यवस्थाका बिच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग जस्ता विषयमा छलफल हुनेछ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - १८:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij